birat ribon

जब खाना रित्तिएपछि बच्चाहरूको भोक मेट्न ढुंगा पकाइयो

Neuro
जब खाना रित्तिएपछि बच्चाहरूको भोक मेट्न ढुंगा पकाइयो

एजेन्सी, १९ वैशाख । कोरोना भाइरसको संकटको बेलामा केन्याकी एउटी महिलाले आफ्ना बच्चाहरूको भोक मेट्नका लागि ढुंगा पकाएको नाटक गर्नु पर्‍यो ।

Padelux insider
cura insider

आठ बच्चाहरूको आमाको रहेकी पेनिना बहाटी किट्सओ अशिक्षित र विधवा हुन् । पेनिना केन्याको मोम्बासामा दुई कोठाको घरमा बस्छिन् ।

उनीहरूको घरमा न बिजुली छ न पानी । उनी मानिसहरूको घर गएर लुगा धुने काम गरेर आफू र आफ्ना बच्चाहरूलाई पाल्दै आएकी थिइन् ।

तर, उनको काम कोरोना भाइरस संक्रमण फैलिएपछि रोकिएको थियो । गरिबी र समस्या धेरै बढेपछि पेनिनासँग आफ्ना बच्चाहरूलाई खुवाउन खानेकुरा केही बाँकी थिएन ।

त्यही कारण उनले आफ्ना बच्चाहरूको मन राख्न ढुंगा उमाल्न थालिन् । पेनिनाले केही पकाउँदै गरेको देखेर, केटाकेटीहरू खानको निम्ति पर्खेर निदाउने सोचिन् ।

केन्याको टुको न्युज वेबसाइटलाई दिएको एक अन्तर्वार्तामा पेनिनाले ढुंगा पकाउने बहाना गरेको आफ्ना बच्चाहरूलाई थाहा भएको बताउँछीन् ।

तर, आफूसँग अर्को विकल्प नभएपछि उनले त्यसो गर्नु परेको उनी बताउँछिन् ।

उनका एक छिमेकी प्रिस्का मोमानीले उक्त घटनाको भिडियो बनाए र मिडियालाई यसबारे बताइन् ।

बच्चाहरूको रुएको सुनेपछि के भएको हो भनेर हेर्न प्रिस्का त्यहाँ पुगेकी थिइन् ।

पेनिनाको कथा सुनेर, मानिसहरूले उनको लागि पैसा संकलन गर्नुका साथै उनलाई केन्याभरिबाट कलहरू आउन थालेको छ ।

केन्याको एनटीभीलाई दिएको अन्तर्वार्तामा पेनिनाले मानिसहरूले मोबाइल एपमार्फत पैसा पठाएको बताएकी छिन् ।

छिमेकीले बैंक खाता खोल्दिएपछि उनले पैसा प्राप्त गरेकी छिन् ।

केन्याको रेड क्रसले पनि पेनिनालाई धेरै मद्दत गरेको छ ।

पेनिनालाई केन्याका मानिसहरू यति सहयोगी हुन्छन् भन्ने कुनै विचार नभएको बताउँछिन् ।

उनी आफूसँग भइरहेको सबैलाई ‘चमत्कार’ मान्छिन् ।

केन्यामा कोरोना संक्रमणको ३ सय ९५ घटनाहरू रेकर्ड गरिएको छ भने त्यहाँ १९ जनाको मृत्यु भएको छ ।

jackson ribon