birat ribon

वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार, एक जना पक्राउ

Neuro
वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार, एक जना पक्राउ

वासिङ्टन, १९ वैशाख । संयुक्त राज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् ।

Padelux insider
cura insider

अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् ।

प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई पक्राउ गरेको छ ।

वासिङ्टन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै उक्त शंकास्पद व्यक्तिलाई गिरफ्तार गर्नुका साथै उनको साथबाट एक थान बन्दुक समेत बरामद गरिएको बताए ।

उक्त गोली प्रहारको मनशाय भने अझै खुल्न बाँकी रहेको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार ती व्यक्तिले दूतावासभित्र करिब ३० राउन्ड गोली प्रहार गरेका थिए ।

वासिङ्टनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासको आसपास बार र रेष्टुराँहरू ठूलो संख्यामा रहेका र त्यहाँ मानिसको भीडभाड हुने गर्दछ ।

तर आजभोलि लकडाउनका कारण यो क्षेत्र सामान्यतया शान्त रहने गरेको छ ।

राजदूतावासले सार्वजनिक गरेका तस्वीरहरुमा गोलीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएको छ ।

jackson ribon