birat ribon

बार्सिलोना र युभेन्टस राकिटिकसँग पियानेच साट्न सहमत

Neuro
बार्सिलोना र युभेन्टस राकिटिकसँग पियानेच साट्न सहमत

एजेन्सी, १९ वैशाख । इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोना खेलाडी साटासाट गर्न सहमत भएको बताइएको छ ।

Padelux insider
cura insider

स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोना र युभेन्टस इभान राकिटिकसँग मिरालेम पियानेच साट्न सहमत भएका हुन् ।

खबरका अनुसार दुवै क्लब यसै समरमा खेलाडी साटासाट गर्ने विचारमा रहेका छन् ।

क्रोएशियन स्टार राकिटिक गत जनवरीदेखि नै टुरिन क्लबसँग जोडिएका छन् ।

केही समयअघि युभेन्टसले राकिटिसँग फेडेरिको बर्नान्डेस्ची साट्ने इच्छा देखाएको थियो ।

तर, राकिटिकले बार्सिलोना छोड्न अस्वीकार गरेका थिए ।

अब बार्सिलोनाले युभेन्टसका स्टार पियानेचलाई ल्याउनका लागि राकिटिक, अर्थर, नेल्सन सेमेडोमध्ये एक खेलाडी दिन इच्छुक देखिएको जनाइएको छ ।

यता, युभेन्टसले भने राकिटिकप्रति इच्छा देखाएको मार्काले जनाएको छ ।

jackson ribon