विराटनगर, १९ वैशाख । भूमिबाट १०-४० किलोमिटरको उचाईमा रहेको ओजोन तहले पृथ्वीलाई सूर्यको हानिकारक किरणहरूबाट आवश्यक सुरक्षा प्रदान गर्दछ ।

ओजोनमा बनेको प्वालले बरफ पग्लने गति धेरै वृद्धि हुनेर यसले जीवहरूको प्रतीरक्षा प्रणालीलाई असर गर्छ ।
यसले मानिसलाई छालाको क्यान्सर वा रातको अन्धो जस्ता रोग निम्त्याउन सक्छ ।
सीएएमएसका अनुसार, आर्कटिक क्षेत्रको वातावरणको माथि ओजोन तहमा साना प्वालहरू भेटिएका छन् ।
मार्चको अन्तिम दिनहरूमा कपर्निकस वातावरणीय निगरानी सेवा (सीएएमएस) का वैज्ञानिकहरूले आर्कटिक क्षेत्रमा ठूलो खाली ठाउँ देखेका थिए र चाँडै यो ठूलो प्वालमा परिणत भयो ।
२३ अप्रिलमा क्याम्सले २०२० मार्चमा उत्तरी गोलार्धको ओजोनपतमा भएको अभूतपूर्व प्वाल बन्द भएको ट्वीट गरेका थिए ।
चिन्ताको विषय बनेको ओजोनको प्वाल असामान्य मौसमको परिणाम रहेको सीएएमएसले भनेको छ ।
अहिले प्वाल अब बन्द भएपनि वैज्ञानिकहरूका अनुसार मौसम अनुकूल भए प्वाल फेरि खुल्न सक्छ ।
सीएएमएसले आर्कटिक माथिको ओजोन तहको यो ठूलो प्वालको कोरोना भाइरसको कारण लकडाउनसँग कुनै सम्बन्ध नरहेको एक ट्वीटमार्फत बताउँदै ओजोन लेयरमा भएको यो ठूलो प्वाल ओजोनमा ठूलो गिरावट जस्तो ठूलो समस्याको लक्षण हो ।
यो केवल वार्षिक चक्रको कारण बन्द भएको छ ।
यो स्थायी उपचार होइन । तर, आशा बाँकी छ । ओजोन तह सुधार हुँदैछ तर बिस्तारै, भनेर लेखेका छन् ।
विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार सन् २००० पछि अन्टकार्टिकामा ओजोन प्वाल एकदेखि तीन प्रतिशतले घटेको छ ।
यद्यपि सबैभन्दा सानो प्वाल २०१९ अन्टार्कटिकामा रेकर्ड गरिएको थियो ।
तर, डब्ल्यूएमओका अनुसार अन्टार्कटिकाको ओजोन तहमा प्वाल पूरा रूपले बन्द हुन कम्तिमा सन् २०५० सम्म कुर्नुपर्ने हुन्छ ।