birat ribon

आईसीसी वरीयतामा नेपाल यथावतमा रहन सफल

Neuro
आईसीसी वरीयतामा नेपाल यथावतमा रहन सफल

एजेन्सी, १९ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।

Padelux insider
cura insider

आईसीसीले शुक्रबार सावर्जजनिक गरेको वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको हो ।

एकदिवसीयमा वरीयतामा १८ रेटिङ अंक पाएको नेपाल १६औं स्थानमा छ ।

एकदिवसीयको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौंमा अस्ट्रेलिया रहेका छन् ।

यसैगरी टी–ट्वान्टीमा भने १ सय ८० रेटिङ अंक पाएको नेपाल १५औं स्थानमा छ ।

टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रोमा इंग्ल्यान्ड, तेस्रोमा भारत, चौथोमा पाकिस्तान र पाँचौंमा दक्षिण अफ्रिका रहेका छन् ।

jackson ribon