birat ribon

भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने ७८ प्रतिशत मानिस दीर्घरोगी

Neuro
भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने ७८ प्रतिशत मानिस दीर्घरोगी

एजेन्सी, १९ वैशाख । भारतमा कोभिड १९ का कारण ज्यान गुमाउने आधाभन्दा धेरै संख्यामा ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिहरू रहेका छन् ।

Padelux insider
cura insider

त्यस्तै, ६० देखि ७५ वर्ष उमेर समूह सबैभन्दा बढी जोखिममा देखिएको छ ।

स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको रिपोर्टअनुसार यस उमेरका ४२ प्रतिशतले ज्यान गुमाएका छन् ।

कम जोखिम मानिने ४५ देखि ६० वर्ष समूहकका ३४ प्रतिशतले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट मर्नेमध्ये ७८ प्रतिशत मानिसमा धेरैजसो डाइवेटिज, मुटूको समस्या र किड्नीका बिरामीहरू रहेको देखिएको छ ।

भारतमा कोरना संक्रमणबाट निको हुनेहरूको संख्या पनि उत्तिकै बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रिकभरी रेट बिहीवारसम्म २५.१९ प्रतिशत पुगेको छ जुन १४ दिन अघिसम्म १३.६ प्रतिशत थियो ।

अहिलेसम्म भारतमा १ हजार ७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ८ हजार ३ सय ७२ मानिस निको भएर घर फर्किसकेका छन् ।

कोरोना संक्रमण भएकामध्ये ३.२ प्रतिशतको मृत्यु भएको देखिएको छ जसमध्ये ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला रहेका छन् ।

बिहीवार साँझसम्म भारतमा ३३ हजार ६ सय १० जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये अहिले २४ हजार १ सय ६२ जना उपचारका क्रममा छन् ।

भारतमा ४५ वर्षभन्दा कमको मृत्यु दर १४ प्रतिशत र ७५ वर्षभन्दा माथिको मृत्यु दर ९.२ प्रतिशत देखिएको छ ।

२१ वर्ष देखि ४० वर्ष सम्मका व्यक्तिहरूमा ४२ प्रतिशत संक्रमण दर रहेको छ भने ४१ देखि ६० वर्षका व्यक्तिहरूमा ३२.८२ प्रतिशत संक्रमण भएका छन् ।

डाक्टरहरूका अनुसार बृद्ध अवस्थामा विभिन्न रोगहरू रहेका व्यक्तिहरूमा रोगप्रतिरोधात्मक क्षमता कम भएका कारण छिट्टै इन्फ्लुएन्जा जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरू फैलिने हुँदा कोरोना भाइरसबाट बच्न सतर्क रहनुपर्ने बताउँछन् ।

jackson ribon