birat ribon

आफ्नो ‘मजाक’ उडाएकोमा हालान्डले दिए नेयमारलाई धन्यवाद

Neuro
आफ्नो ‘मजाक’ उडाएकोमा हालान्डले दिए नेयमारलाई धन्यवाद

एजेन्सी, १९ वैशाख । जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्टार इयर्लिङ हालान्डले ब्राजिलियन स्टार नेयमार र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई धन्यवाद दिएका छन् ।

Padelux insider
cura insider

‘मेडिटेसन सेलिब्रेसन’को प्रचार गरिदिएको भन्दै हालान्डले नेयमार र पीएसजीलाई धन्यवाद दिएका हुन् ।

नेयमारले च्याम्पियन्स लिगअन्तर्गत हालान्डको सेलिब्रेसनको मजाक उडाएका थिए । अन्तिम १६ को दोस्रो लेगअन्तर्गत डर्टमुण्डलाई २–० गोलले हराउँदै पीएसजीले अन्तिम आठमा स्थान बनाएको थियो ।

पीएसजीको मैदानमा भएको खेलमा घरेलु टोलीले डर्टमुण्डविरुद्ध समग्रमा ३–२ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

दोस्रो लेगको खेलमा पीएसजीलाई जिताउन ब्राजिलियन स्टार नेयमार र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरेका थिए ।

नेयमारले खेलको २८औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । सोही गोलपश्चात नेयमार इर्लिङ ब्राउल्ट हालान्डको सेलिब्रेसनको मजाक उडाएका थिए ।

हालान्डले पहिलो लेगको खेलमा पीएसजीविरुद्ध २ गोल गरेका थिए । डर्टमुण्डकै मैदानमा भएको खेलमा घरेलु टोलीले पीएसजीविरुद्ध २–१ गोलको जित निकालेको थियो ।

पीएसजीलाई हराउन दुई गोल गरेका हालाण्डले ‘मेडिटेसन सेलिब्रेसन’ गरेका थिए । जुन सेलिब्रेसनको मजाक नेयमारले दोस्रो लेगको खेलपछि उडाएका थिए ।

पहिले नेयमारले आफ्ना टिममेट र बेन्चमा बसेका साथीहरूसँग ‘मेडिटेसन सेलिब्रेसन’ गरे ।

त्यसपछि टोलीका सबै खेलाडीलाई हालान्डको मजाक उडाए । नेयमारका सहकर्मी मार्क्युन्होसका अनुसार हालान्डको मजाक उडाउने योजना नेयमारकै थियो ।

तर, हालै नर्वेजियन स्टार हालान्डले ईंएसपीएनसँग बोल्दै नेयमार र पीएसजीको टोलीलाई धन्यवाद दिए । ‘मेरो विचारमा उनीहरूले विश्वभरि मेडिटेसनको प्रचार गर्ने मेरो चाहनालाई सहयोग गरे’, हालान्डले भनेका छन्, ‘मेडिटेसन अपरिहार्य कुरा हो । जसलाई म संसारभरि प्रयोगमा ल्याउन चाहन्छु ।’

‘यो कार्यमा उनीहरूले मलाई सहयोग गरेका छन् । यसैले उनीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु’, उनले भने ।

jackson ribon