birat ribon

इबोलाको औषधि कोरोनाका बिरामीलाई प्रभावकारी भएको दाबी

Neuro
इबोलाको औषधि कोरोनाका बिरामीलाई प्रभावकारी भएको दाबी

एजेन्सी, १९ वैशाख । इबोलाको उपचारको लागि रेम्डेसिभिर औषधिको प्रयोग कोरोना भाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

Padelux insider
cura insider

रेम्डेसिभि एक एन्टीभाइरल औषधि हो जसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ ।

यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको अध्ययनले विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउन १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेको छ ।

१ हजार ६३ जनाले भाग लिएको अध्ययनमा केहीलाई रेम्डेसिभिर औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ ।

इन्स्टिट्यूटका प्रमुख डा. एन्थोनी फाउचीका अनुसार अध्ययनले देखाएको तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने र सकारात्मक असर पारेको देखाएको छ ।

औषधिले भाइरसलाई रोक्न सक्ने देखाएको र कोभिड १९ को उपचार गर्न सकिने ढोका खोलेको बताएपनि मृत्युको सम्बन्धमा औषधिले कस्तो असर पार्छ भन्ने स्पष्ट नभएको उनी बताउँछन् ।

औषधिले मानिसहरूको जीवन जोगाउने, अस्पतालहरूमा चाप कम गर्ने र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना देखाएको छ ।

तर, औसधिबारे पूर्ण विवरण प्रकाशित भएको छैन । विज्ञहरूले निको हुने क्षमता भएका बिरामीलाई छिटो निको बनाएको हो वा सघन उपचार आवश्यक पर्न सक्ने बिरामीलाई त्यो आवश्यक नपर्ने बनाएको हो भन्ने स्पष्ट नरहेको बताउँछन् ।

कुन उमेर समूहका व्यक्ति, अन्य स्वास्थ्य समस्या र सङ्क्रमणको कुन अवस्थामा औषधि उपयोगी भन्ने पनि खुलाइएको छैन ।

केही समय अगाडि चीनमा यही औषधि प्रभावकारी नभएको विवरण ‘लान्सेट’ जर्नलमा प्रकाशित भएको थियो ।

त्यसैले तथ्याङ्क र औषधिको परिणाम, जीवनरक्षा गर्न सक्छ कि सक्दैन भन्ने हेरेर, सम्बन्धित देशका स्वास्थ्य निकायहरूले यसको परीक्षण गरी मात्र औषधि प्रयोग गर्न अनुमति दिने निर्णय गर्नुपर्छ ।

jackson ribon