birat ribon

भारतमा ३५ हजार बढी कोरोना संक्रमित

Neuro
भारतमा ३५ हजार बढी कोरोना संक्रमित

एजेन्सी, १९ वैशाख । भारतमा कोरोना भाइरस महामारीबाट संक्रमित हुनेको संख्या ३५ हजार नाघेको छ ।

Padelux insider
cura insider

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ व्यक्ति संक्रमित भएसँगै भारतमा संक्रमितको संख्या ३५ हजार ४३ पुगेको हो ।

उक्त संक्रमितको संख्यालाई आज सम्मकै उच्च संख्याको रूपमा हेरिएको छ ।

२४ घण्टामा ७३ जनाको मृत्युसँगै भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयको ड्यासबोर्डले देखाएअनुसार ९ हजार ६८ जना व्यक्तिलाई उपचार पछि निको पारेर घर पठाइएको छ ।

त्यस्तै, २४ हजार ८ सय २१ बिरामीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय लकडाउनमा कडा प्रतिबन्धको बीचमा मानिसहरूलाई घरभित्रै राखिएको भएपनि, महाराष्ट्र र गुजरातमा देशको सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिरहेका छन् ।

jackson ribon