birat ribon

श्रमिकलाई चाँडो राहत व्यवस्था गर्न सरकारसँग देउवाको आग्रह

Neuro
श्रमिकलाई चाँडो राहत व्यवस्था गर्न सरकारसँग देउवाको आग्रह

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

Padelux insider
cura insider
pm

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा देउवाले कोरोना रोकथामका लागि लागू गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई चाँडो राहत व्यवस्था गर्न आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले यस बेला श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै तिनलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरे ।

jackson ribon