birat ribon

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

Neuro
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

विराटनगर , १९ बैसाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी (पौडेल) को शुक्रबार बिहान निधन भएको छ ।

Padelux insider
cura insider

सन २७ नोभेम्बर १९३६ वीरगञ्जमा जन्मिएकी गायिका रानुदेबीको १ मई २०२० विहान ८४बर्षको उमेरमा काठमाण्डौमा निधन भएको हो ।

२००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग बैवाहिक बन्धनमा बाँधिएकी रानुदेवीले विराटनगर जुटमिलमा स्थापना भएको प्रजातान्त्रिक रेडियोमा पहिलो पटक गीत गाएकी थिइन ।

बिंस २००७ सालको क्रान्तिको समयमा उनले , आजदेशको क्रान्ति भूमीमा यही एउटा नारा छ , लडदालडदै यही मरौला देशको आज यही पुकारा छ , बोलको गीत गाएकी थिइन ।

सात सालको क्रान्तिपछि गृहस्थी जिवन बिताइरहेकी रानुदेवीलाई विराटनगर निवासी पत्रकार संकर खरेल र गायक सुमित खडकाले २०६३ सालमा उनको डकुमेन्टि बनाएर सार्वजनिक गरेका थिए ।

त्यो बेला उनले सुमित खडकासँग जागे नेपाली उठे नेपाली शान्ति लिएर बोलको गीत गाएकी थिइन । उक्त्त गीत पत्रकार गीतकार संकर खरेलले लेखेका थिए । प्रथम गायिका रानुबारे पत्रकार संकर खरेलले जिवनी पनि लेखेका छन ।

पत्रकार खरेका अनुसार पिता ईश्वरीप्रसाद र माता इन्दिरा पौडेलकी सन्तान रानुदेवीको बाल्यकाल बनारसमा वितेको थियो । बनारसमा रहँदा पौडेल परिवारको कोराइला परिवारसँग सम्बन्ध बनेको थियो ।

रानुका दिदी बहिनीहरुको एक जनाको केशव कोइरालासँग र अर्को पुर्व मन्त्री रविन्द्रनाथ शर्मा ज्ञवालीसँग विवाह भएको थियो ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।

ती मध्ये कलकत्ता पुगेर जुनेली रात हजुर गम्किन्छ बास हजुर फागुनको सितल बतास बोलको चर्चित गीत पनि रेकर्ड गराएकी थिइन ।

२००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो।

विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका थिए ।

इतिहास विषयमा एमए सम्मको अध्ययन गरेकी रानुदेवी एक छोरा अविन र छोरीहरू अर्चना र अल्पना छन्।

jackson ribon