birat ribon

प्रदेश १ मा पिपिइको दुरुपयोग, मन्त्री भन्छन् ‘जनप्रतिधिले नै लगाए पिपिइ’

Neuro
प्रदेश १ मा पिपिइको दुरुपयोग, मन्त्री भन्छन् ‘जनप्रतिधिले नै लगाए पिपिइ’

विराटनगर, १९ बैशाख । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पिपिइ दुरुपयोग भएको बताएका छन् ।

Padelux insider
cura insider

मन्त्री घिमिरेले सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्यकर्मीभन्दा जनप्रतिधिले नै पिपिइ लगाएर हिँड्दा समस्या उत्पन्न भएको बताए ।

प्रदेश सरकारले पिपिइ न्यूनतमरूपमा व्यवस्थापन गरेको बताउँदै उनले कस्तोले पिपिइ लगाउने भनेर नबुझ्दा पनि समस्या उत्पन्न भएको बताए ।

उनले पिपिइको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको चर्चा गर्दै शक्तिशाली देशमा पनि पिपिइ अभाव रहेको उल्लेख गरे ।

पिपिइको व्यवस्थापनमा प्रदेश सरकार लागेको बताउँदै उनले शङ्कास्पद बिरामी वृद्धि भएमा पिपिइको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कोरोनाको त्रासका बीचमा पनि अस्पतालले अत्यावश्यकीय सेवासँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकामा धन्यवाद दिँदै शुरुआतका दिनमा कोरोनाको आतङ्क स्वास्थ्यकर्मीमा देखिए पनि अहिले त्यो त्रास हटेर गएको उनको अनुभव छ ।

हालसम्म प्रदेश १ मा आरडिटी र पिसीआर प्रविधिबाट ५ हजार ३७७ जनाको कोरोना भाइरसको परीक्षण भएको छ । परीक्षण गरिएकामध्येमा पाँच हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ ।

jackson ribon