एजेन्सी, १९ बैशाख । बलिउड अभिनेता ऋषि कपुर विहीबारबाट यो धर्तीमा छैनन् । तर, उनको अस्पतालबाट सार्वजनिक भएको भिडियो सन्देश भने अहिले भाइरल छ ।
‘नाम र सफलता मिहिनेतपछि मात्रै पाइन्छ’ यो भिडियो सन्देश हो उनको । सोसल मिडियामा भाइरल भएको यो भिडियो फेब्रुअरी २०२० को हो । यसलाई ऋषि कपुरको अन्तिम भिडियो भनेर भाइरल गरिएको छ ।
अस्पतालमा भर्ना भएका ऋषि कपुरको यो भिडियो डीके सानू नामका व्यक्तिले रेकर्ड गरेका थिए । यो भिडियोमा ऋषि लर्बरिएको स्वरमा भनिरहेका छन, ‘मेरो आशीर्वाद तिमीलाई छ । धेरै सफल हुनु, मिहिनेत गर । हेर, चर्चा, नाम यी सबै मिहिनेत पछि आउँछन् । जबसम्म मिहिनेत र थोरै भाग्यले साथ दिनेछ रुखमा फल आफसेआफ लाग्नेछ ।’
क्यान्सरसँग जुधिरहेका ऋषि कपुरको बिहिबार बिहान पौने ९ बजे निधन भयो । बेलुकी साढे ४ बजे मुम्बईको चन्दनवाडी श्मशान घाटमा उनको अन्तिम संस्कार गरिएको छ ।