एजेन्सी, १९ वैशाख । बार्सिलोनाका प्रमुख प्रशिक्षक क्वीक सेटिनले आफ्ना कप्तान लियोनल मेस्सीसँग खेल्नु लाउटारो मार्टिनेजका लागि ठूलो प्रोत्साहन भएको बताएका छन् ।

क्याप नोउ आउने चर्चामा रहेका इन्टर मिलानका स्टार मार्टिनेजका विषयमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
केही समययता अर्जेन्टिनी स्टार मार्टिनेज बार्सिलोना आउने विषयमा चर्चामा छन् ।
राष्ट्रिय टोलीका सहकर्मी मेस्सीको आग्रहमा उनी क्याप नोउ आउन चाहेको बताइएको छ ।
यता, बार्सिलोनाले पनि उनलाई यसै समरमा भित्र्याउने योजना बनाएको बताइन्छ ।
‘हामी ट्रान्सफरका विषयमा कुरा गर्छौं तर कोरोना महामारीका कारण अवस्था धेरै फेरिएको छ । क्लबहरूको अवस्था आर्थिक रूपले जटिल हुनेछ ।’ उनले ‘ओन्डा केरो’सँग भने ।
‘म लाउटारोसँग आशावादी वा निराशावादी केही पनि छैन’, उनले भने, ‘मलाई महान फुटबलरहरू मन पर्छ त मसँग कुनै भ्रम छैन । मार्टिनेज एक महान फुटबलर हुन् । कोचाहिँ मेस्सीसँग खेल्न चाहँदैन र ? मार्टिनेजका लागि पनि मेस्सीसँग खेल्नु ठूलो प्रोत्साहन हो ।’