birat ribon

विश्वमा कोरोना : निको हुनेको संख्या थपिदै, १० लाख ३९ हजार मानिस निको

Neuro
विश्वमा कोरोना : निको हुनेको संख्या थपिदै, १० लाख ३९ हजार मानिस निको

काठमाडौं, १९ बैशाख । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको निको हुनेको संख्या पनि थपिने क्रममा छ ।

Padelux insider
cura insider

ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नजिक पुग्दा १० लाख ३९ हजार मानिस निको भएका छन् । वर्ल्डोमिटर्सले यो समाचार तयार पार्दा सम्ममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० लाख ३९ हजार १ सय ८२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा २ लाख ३४ हजार ७५ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितको संख्या ३३ लाख पार गरेको छ । पछिल्लो तथ्यांक अनुसार ३३ लाख ७ हजार ६ सय ९१ संक्रमित पुगेका छन् ।

संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा ५ हजार ८ सय जनाको मृत्यु भएको छ । सोही अवधिमा विश्वमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।

jackson ribon