birat ribon

उदयपुरमा श्रीमतीको सलमा झुण्डिएर एक युवाले गरे क्वारेन्टाइनमै आत्महत्या

Neuro
उदयपुरमा श्रीमतीको सलमा झुण्डिएर एक युवाले गरे क्वारेन्टाइनमै आत्महत्या

उदयपुर, १९ वैशाख । उदयपुरमा क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवाले आत्महत्या गरेका छन् ।

उदयपुरको रौतामाई गाउँपालिका–७ राजाबासस्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

cura insider

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार रौतामाई–७ गुराँसेका १८ वर्षीय युवक सुमन बिकले आत्महत्या गरेका हुन् ।

११ वैशाखबाट क्वारेन्टाइनमा बस्दै आएका बिकले बिहीबार राति झुण्डिएर आत्महत्या गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

उनी प्रेम विवाह गरेर काठमाडौं पुगेका थिए । तर, लकडाउनको समयमा गाँउ फर्किएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

श्रीमतीसँग आएका बिकलाई बेग्लै कोठामा राखिँदै आएको स्वास्थ्य कार्यालय राजाबासका प्रमुख (अहेब) श्याम साहले जानकारी दिए ।

बिकले श्रीमती सुतिरहेको समयमा श्रीमतिकै सलमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

अहिले पोष्ठमार्टमको लागि उनको शब जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।

jackson ribon