birat ribon

युद्धकालको बमले लियो गोठाला गएका बालबालिकाको ज्यान

Neuro
युद्धकालको बमले लियो गोठाला गएका बालबालिकाको ज्यान

रोल्पा, १९ बैशाख । गोठाला गएका चार बालबालिकाको रोल्पामा बम विस्फोटमा परेर मृत्यु भएको छ । उनिहरु सबै त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका हुन् ।

Padelux insider
cura insider

बिहीबार साँझ बम विस्फोटमा मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन् ।

गाउँनजिकैको जंगलमा गोठाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन् । बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ।

मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ । नेपाली सेनाको डिस्पोजल टोली आज मात्रै घटनास्थल जाने छ । नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ ।

तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो ।

jackson ribon