birat ribon

उपत्यकामा लकडाउन खुकुलो पार्न सुझाव

Neuro
उपत्यकामा लकडाउन खुकुलो पार्न सुझाव

काठमाडौं, १८ बैशाख । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।

Padelux insider
cura insider

मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको असर बारे जानकारी गराउँदै यस्तो सुझाव दिए ।

“अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक र असर कम भएका ठाउँमा खुकुलो बनाउनु पर्छ, यसले आर्थिक चलयामान हुन्छ”, सुझाव पत्रका भनिएको छ, “अहिले काठमाडौँमा भएको मान्छेलाई बाहिर जान दिनु हुँदैन र बाहिरका मान्छेलाई पनि काठमाडौँ आउन दिनुभएन, यहाँ उद्योग खुल्यो भने मजदुरले यही रोजगारी पाउँछन् ।”

मुख्यसचिव रेग्मीले सुझावलाई अध्ययन गरेर व्यावहारिक सुझावलाई आफूले सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिए ।

jackson ribon