birat ribon

प्रदेश १ मा एक हजार दुईसयको पीसीआर जाँच गर्दा ३१ जनाकाे पाेजेटिभ रिपाेर्ट

Neuro
प्रदेश १ मा एक हजार दुईसयको पीसीआर जाँच गर्दा ३१ जनाकाे पाेजेटिभ रिपाेर्ट

विराटनगर, १८ बैशाख । प्रदेश १ मा पीसीआर प्रविधीबाट एक हजार २ सय ८८ जनाको कोरोना जाँच गरिएको छ ।

Padelux insider
cura insider

बिहीबारसम्म प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण गरिएको छ ।

दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षण भएकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएकाे छ ।

ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार २ सय ८८ जनाको परीक्षण गर्दा ३१ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल २ हजार ३ सय ३७ जना पुगेको छ । ३० जना डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार १ सय ९९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

jackson ribon