birat ribon

भंगहामा थप दुई जनाको मृत्यु

Neuro
भंगहामा थप दुई जनाको मृत्यु

महोत्तरी, १८ बैशाख । मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा बिहीबार थप दुई जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले जानकारी दिए ।

मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको मृत्यु भएको थियो ।

बिहीबार नै दुई जना अति सिकिस्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेर उपचार गरिरहेको बताए । ्

६ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकल गरिरहेका छन् ।

प्रहरीले तीन दिनमा गाउँबाट ठूलो सङ्ख्यामा रक्सी र रक्सी बनाउनका लागि भण्डारण गरी राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिए पनि उनीहरुको मृत्यु रक्सी सेवनबाट भएको कुरा स्वीकार गरिरहेको छैन ।

सिकिस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृतकको शव परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

jackson ribon