birat ribon

उच्च जोखिमा काम गर्दै पत्रकार

Neuro
उच्च जोखिमा काम गर्दै पत्रकार

काठमाडौं, १८ बैशाख । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएका जिल्लाका पत्रकारले स्रोतसाधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिममा काम गरिरहेका छन् ।

Padelux insider
cura insider

नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको कोरोना सङ्क्रमित जिल्लाको संयुक्त अनुगमनपछि बढी सङ्क्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा समाचार सङ्कलन गरिरहेका अनुगमन टोलीका संयोजक तथा महासङ्घका महासचिव रमेश विष्टले बताए ।

नेपालमा सबैभन्दा बढी प्रदेश १ को उदयपुर त्यसपछि प्रदेश २ को पर्सा र बारामा सङ्क्रमण देखिएको छ ।

“पत्रकारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गरेको पाइएन”, प्रतिवेदनमा भनिएको छ, “पारिवारिक दबाब र सङ्क्रमणको खतरा मोल्दै जनतालाई सुसूचीत गराउने दायित्वलाई उदयपुरका सञ्ंचारकर्मीले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अनुगमनका क्रममा पाइएको छ ।”

महासङ्घ र काउन्सिलको टोलीसमक्ष सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोतसाधनको अभाव रहेको, स्वास्थ्य परीक्षणको व्यवस्था नभएको जस्ता समस्या व्यक्त गरेका महासंघका महासचिव विष्टले बताए ।

जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको गुनासो टोली समक्ष पत्रकारहरुले गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

टोलीले सङ्क्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने देखिएको उनले बताए ।

jackson ribon