विराटनगर, १८ बैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ ।
परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
आरडीटी र पीआर दुबै विधिबाट बिहीबारसम्म ६ हजार ३ सय ७७ जनाको नमूना संकलन गरी परीक्षण भइरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार २ सय ८८ जनामा कोरोना भए नभएको परीक्षण भएको छ ।
तीमध्ये एक हजार २ सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३१ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।