birat ribon

पीसीआर प्रबिधिबाट मात्र परीक्षण गर्न काँग्रेस संसदीय दलको माग

Neuro
पीसीआर प्रबिधिबाट मात्र परीक्षण गर्न काँग्रेस संसदीय दलको माग

विराटनगर , १८ बैसाख । नेपाली काँग्रेस एक नम्बर प्रदेश संसदीय दलले आरडीटी विश्वसनिय नभएकोले त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउन माग गरेको छ ।

१८ बैसाख दिउँसो बसेको मुख्य प्रतिपक्षी काँग्रेस संसदीय दलको बैठकले प्रदेश १ मा कोरोना संक्रमितहरु बढदै गएकोले पीसीआर प्रबिधिबाट विश्वसनिय परीक्षण गर्न माग गरेको हो ।

cura insider

संदिय दलका नेता राजिव कोइरालाले उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा मात्र २८ जना संक्रमित देखिएकोले स्थानिय सबैको पीसीआर परीक्षण गर्न प्रदेश सरकारसँग् माग आग्रह गरेका छन । उनले उदयपुरमै कोरोना उपचार केन्द्र स्थापना गर्न पनि माग गरेका छन ।

काँग्रेस संसदिय दलका प्रमुख सचेतक केदार काकर्मील एकद्धार नीतिबाट राहत वितरण गराउन सरकारसँग आग्रह गरेका छन ।

उनले राहत कोषमा जम्मा भएको नगद तथा जिन्सीको विवरण, स्वास्थ्य सामग्री खरिदको खर्च र समग्र वितरण प्रक्रिया पारदर्शी बनाउन माग गरेका छन ।

काँग्रेस संसदीय दलले मन्त्रीहरुले आफनो निर्वाचन क्षेत्रमा मात्र राहत वितरण गरको सिमा नाका र अन्यत्र भएका नागरिकहरुको उद्धार व्यवस्थापनमा उदासिनता देखाएको र सरकारको स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रबन्ध प्रभावकारी हुन नसकेको आरोप पनि लगाएका छन ।

काँग्रेसले समाजिक दुरी कायम गर्दै अगामी बजेट अधिबेशन चाँडो सञ्चालन गर्नुपर्ने माग पनि काँग्रेस संसदिय दलको छ ।

jackson ribon