birat ribon

२४ घण्टाको अन्तरमा बलिउडले गुमाएको दुई चर्चित अनुहार

Neuro
२४ घण्टाको अन्तरमा बलिउडले गुमाएको दुई चर्चित अनुहार

विराटनगर, १८ वैशाख । बुधबार बिहानै चर्चित बलिउड अभिनेता इमरफान खान अस्पताल भर्ना भएको खबर बाहिर आयो । लगतै उनको मृत्यु भएको खबर फैलन धेरै समय लागेन । लकडाउनको समयमा ज्यान गुमाएका इरफानको अन्तिम यात्रामा २० जना मात्र पुगे ।

Padelux insider
cura insider

इरफानको निधनमा शोक मनाउन नपाउँदै बलिउडले चर्चित अभिनेता ऋषि कपूरलाई गुमाएको छ । कपुरको बिहीबार बिहान मृत्यू भएको हो । क्यान्सर पीडित बलिउडका चर्चित अभिनेता कपूरको ६७ वर्षको उमेरमा निधन भएको हो । अस्वस्थ भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए । उनको अन्तिम यात्रामा १५ जना मात्र सामिल हुने भएका छन् ।

ऋषि र इरफानको मृत्युले बलिउडमा ठूलो क्षति पुगेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक प्रकट गरेका हुन् । इरफानको निधन सिनेमा र थिएटरको संसारलाई घाटा भएको र विभिन्न माध्यमहरूमा उनको बहुमुखी प्रदर्शन को लागि याद गरिने प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।

ऋषी कपुरको मृत्युपछि मोदीले ट्वीटरमा विविध, बहुमूल्य र जीवन्त ऋषी कपूर प्रतिभाको पावरहाउस रहेको लेख्छन् । उनी भन्छन् : म सँधै हाम्रो कुराकानी तथा सोशल मिडियामा गरेको कुराहरू याद गर्नेछु । उनी फिल्महरू र भारतको प्रगतिको बारेमा उत्साहित थिए ।

कलाकारहरूले सामाजिक सञ्जालमार्फत इरफान खान र ऋषि कपूरलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । चर्चित अभिनेता अमिताभ बच्चनले इरफानको मृत्युको खबर पाउँनु एक अत्यन्त विचलित र दुखद खबर रहेको उल्लेख गर्दै एक अविश्वसनीय प्रतिभा, एक अनुग्रही सहयोगी, सिनेमाको विश्वको लागि एक ठूलो योगदानकर्ताले हामीलाई चाँडै छोडेको लेखेका छन् ।

ऋषी कपूरको मृत्युपछि बच्चनले ट्वीटरमा आफू नष्ट भएको लेखेका छन् । अभिनेता अक्षय कमारले ट्वीटरमा लेखेका छन्, भयानक समाचार … हाम्रो समयका एक उत्तम कलाकारहरूमध्ये एक इरफान खानको निधनको बारेमा सुन्दा दुःखी भए । यो कठिन समयमा भगवान आफ्नो परिवारलाई बल दिनुहोस् ।

ऋषि कपुरको मृत्यु पछि अक्षयले आफुले कुनै भयानक सपना देखिरहेको लेखेका छन् । यो हृदयविदारक हो । उनी दिग्गज कलाकार, उत्कृष्ट सहअभिनेता हुन् र मेरो परिवारका असल मित्र हुन् ।

अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीले एकपछि अर्को दुखद खबर भएको बताएकी छिन् । प्रियङ्का चोपडाले पनि ऋषि कपूरलाई श्रद्धाञ्जली दिँदै कपूरकी श्रीमती नीतु कपूर, छोरी रिधिमा तथा छोरा रणवीर कपूरलगायत कपूर परिवारलाई समवेदना दिएकी छिन् ।

अभिनेत्री जुही चावलाले ‘यो हुन सक्दैन, यो हुनु हुँदैन थियो । र आफूसँग कुनै शब्दहरू नै नरहेको लेखेकी छिन् । अभिनेता आमिर खानले पनि शोक व्यक्त गर्दै भने: “आज हामीले एउटा महान् व्यक्तित्व गुमायौं। एक अद्भुत अभिनेता, एक अद्भुत मानव । तपाईंले हाम्रो जीवनमा ल्याउनु भएको सबै आनन्दका लागि धन्यवाद । धन्यवाद” अभिनेता र राम्रो मानव भएकोमा । ऋषिजीलाई नराम्रोसँग मिस गर्नेछु ।

अभिनेता अजय देभगनले एक पछि अर्को झट्का लागेको लेखेका छन् । शाहरुख खानले इरफानखानको साथमा एउटा तस्वीर पोस्ट गर्दै लेखे, “मेरो साथी … प्रेरणा र हाम्रो समयको महान अभिनेता । अल्लाह तपाईंको आत्मालाई आशिष्‌ दिनुहोस् इरफान भाई … तपाईं हाम्रो हिस्सा भएको तथ्यलाई कदर गर्दै सदै याद रहनुहुन्छ ।

अभिनेता सलमान खानले पनि श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई समवेदना दिएका छन् । बलिउडकी सफल गायिका लत्ता मंगेशकरले ऋषि कपुर ६ महिनाको हुँदा काखमा बोकेको तस्वीर सेयर गर्दै लेखिन् : केही समय पहिले मलाई ऋषिले यो तस्बिर पठाएका थिए । मलाई ती दिनहरूको याद आइरहेको छ। म शब्दविहीन भएकी छु ।’

२४ घण्टाको अन्तरमा बलिउडले गुमाएको दुई चर्चित अनुहार इरफान र ऋषिलाई बलिउड नायक तथा राजनीतिज्ञहरूले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।

jackson ribon