birat ribon

अफिसमा निन्द्रा लाग्ने कारण यस्तो

Neuro
अफिसमा निन्द्रा लाग्ने कारण यस्तो

विराटनगर, १८ वैशाख । रातमा पर्याप्त निन्द्रा पाइसकेपछि पनि, अर्को दिनमा काममा अल्छि लाग्ने, हाइ आउने, थकाइ लाग्ने तथा निद्रा महशूस हुन्छ भने, यसको लागि धेरै कारणहरू हुन सक्छन् ।

Padelux insider
cura insider

यहाँ दिएका ४ कारणहरू पनि अफिसमा कामको समयमा धेरै अल्छि तथा निन्द्रा लाग्नुका कारणहरू हुन् । यी कारणहरू थाहा पाएपछि समस्यालाई केही हदसम्म घटाउन सकिन्छ ।

  • अफिस जानुअघिको रात वा धेरै रातहरूमा राम्ररी सुत्न नसके वा स्वास्थ्यमा समस्या भएका कारण अफिसमा अल्छि लग्नु तथा निन्द्रा महशूस हुनु स्वाभाविक हो ।
  • कामको बेलामा पानी कम पिएमा वा पानी पिउन बिर्सिएमा पनि निन्द्रा लाग्न सक्छ । शरीरमा पानीको अभावका कारण छिट्टै रिसाउने, थकित महशूस गर्न थाल्छ र बिस्तारै निन्द्रा लाग्न सुरु हुन्छ ।
  • शरीरमा रगतको कमि (एनीमिया), रातो रक्त कोशिकाहरू सिर्जना गर्ने फलाम वा भिटामिनको कमिका कारण पनि निन्द्रा लाग्ने समस्या हुन सक्छ । रातो रक्त कोषहरूले फोक्सोमार्फत शरीरमा अक्सिजन पुर्‍याउने काम गर्छन् तर, जब उनीहरूको अभाव हुन्छ, शरीरको अंगहरूमा अक्सिजन पुर्‍याउने काममा अवरोध आउँछ । जसकारण हाइ आउने, अल्छी लाग्ने तथा निन्द्रा महसुस हुन थाल्छ ।
  • तनाव तथा डिप्रेसनबाट ग्रस्त भएका मानिसहरूलाई पनि अफिसमा कामको समयमा निन्द्रा लाग्न सक्छ । दु: खी र निराश हुँदा शरीर कमजोर र थकित महशूस हुन्छ । यस्तो अवस्थामा दुईवटा कुराहरू हुन सक्छ । डिप्रेसन भएको समयमा कि त धेरै निन्द्रा लाग्न सक्छ वा जति कोशिस गरे पनि निदाउन सकिँदैन । यी दुवै कारणले काम गर्दा निन्द्राको समस्या उत्पन्न गराउन सक्छन् ।

jackson ribon