एजेन्सी, १८ वैशाख । रुसमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ ।

रुसमा १ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला भने नयाँ सङ्क्रमितको सङख्या बढ्ने क्रम जारी नै रहेको छ ।
२४ घण्टामा ७ हजार ९९ जनामा नयाँ संक्रमण फेला परेको छ । रुसमा हालसम्म १ लाख ६ हजार ४ सय ९८ सङ्क्रमित छन् ।
रुसमा कोरोना भाइरसको कारण मृत्यु हुने संख्या गत २४ घण्टामा एक सयले नाघेको तथ्यांकले देखाएको छ ।
रुसमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १ सय १ जनाको मृत्यु भएको छ ।
योसँगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ७३ पुगेको छ ।
रुसमा हालसम्म ११ हजार ६ सय १९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ९३ हजार ८ सय ६ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।