birat ribon

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिइयो

Neuro
पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिइयो

एजेन्सी, १८ वैशाख । पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रेन्च लिग वानको उपाधि दिइएको छ ।

Padelux insider
cura insider

कोरोना भाइरसका कारण यस सिजनको फ्रेन्च लिग रद्द गरिएपछि शीर्ष स्थानमा रहेको पीएसजीलाई च्याम्पियन घोषणा गरिएको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण फ्रान्सेली शीर्ष डिभिजनको लिग वान फुटबल रद्द भएको थियो ।

कोरोनाका कारण फ्रान्स सरकारले अगस्टसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएसँगै लिग वान र लिग टु फुटबल रद्द भएको हो ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड पिलिपेले मंगलबार दिउँसो खेलकुद गतिविधि अगष्टसम्म रद्द गर्ने घोषणा गरेका थिए ।

लिग सुचारु नहुने भएपछि शीर्ष स्थानमा रहेको पीएसजीलाई उपाधि दिइएको एल इक्यूपेको रिपोर्टमा जनाइएको छ ।

साविकको विजेता पीएसजी यस सिजन ६८ अंकसहित शीर्ष स्थानमा थियो भने ५६ अंक रहेको मार्सेइली दोस्रो स्थानमा थियो ।

यो सँगै पीएसजीले लगातार तेस्रो पटक लिग वानको उपाधि जितेको छ । यसका साथै उसले अहिलेसम्म नवौं पटक लिगको उपाधि जितेको छ ।

उपाधि पीएसजीलाई दिइए पनि कुन टिम रेलिगेट भयो भन्ने विषयमा भने अझै टुंगो लागेको छ ।लिगको पुछारमा निम्स, एमिन्स र टोउलोउस रहेका थिए ।

jackson ribon