birat ribon

परिवारको भावुक सन्देश : ऋषिले डाक्टर र मेडिकल स्टाफहरूलाई अन्तिमसम्म मनोरञ्जन गराइरहे

Neuro
परिवारको भावुक सन्देश : ऋषिले डाक्टर र मेडिकल स्टाफहरूलाई अन्तिमसम्म मनोरञ्जन गराइरहे

बलिउडका चर्चित अभिनेता कपूरको बिहीबार ६७ वर्षको उमेरमा निधन भएको छ ।

Padelux insider
cura insider

क्यान्सरसँगको दुई वर्षको लडाईंपछि बिहीबार बिहान मुम्बईको सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो ।

‘क्यान्सर भएपनि दुई वर्षको लडाईंमा ‘रमाइलो र पूर्ण रूपमा बाँच्न कटिबद्ध थिए ।

आँसुको साथ नभएर मुस्कानका साथ सम्झिन उहाँको चाहना छ,’ ऋषिको परिवारले जारी गरेको म्यासेजमा भनिएको छ ।

परिवारको भावुक मेसेज

हाम्रो प्रिय ऋषि कपूरको दुई वर्षको ल्युकेमियाको संघर्ष पछि बिहान ८ बजे अस्पतालमा शान्तिपूर्वक मृत्यु भयो । अस्पतालका डाक्टर र मेडिकल स्टाफहरूका अनुसार उनले उनीहरूलाई अन्तिमसम्म मनोरञ्जन गराइरहेका थिए ।

दुई वर्षको क्यान्सरको लडाईंमा उपचारमार्फत दुई महादेशमा ‘रमाईलो र पूर्ण रूपमा बाँच्ने प्रतिवद्ध जनाएका थिए । परिवार, साथीहरू, खाना र चलचित्रहरू उनका लागि महत्वपूर्ण बने र यस समयमा उनलाई भेट्ने सबै जना छक्क परेका थिए ।

उहाँ आफ्ना विश्वभरि रहेका प्रशंसकहरूको प्रेमको लागि आभारी हुनुहुन्थ्यो । उसको निधनमा, तिनीहरू सबैले बुझ्नेछन् कि उहाँ मुस्कानको साथ सम्झन चाहनुहुन्छ न कि आँसुले । यस दुखद घडीमा, हामी यो पनि बुझ्छौं कि संसार एउटा अत्यन्तै गाह्रो र समस्याग्रस्त समयबाट गुज्रिरहेको छ ।

त्यहाँ सार्वजनिक स्थानमा भीड नगर्नदेखि लिएर असंख्य प्रतिबन्धहरू छन् । हामी तिनका सबै फ्यानहरू र शुभचिन्तकहरू र परिवारका साथीहरूलाई अनुरोध गर्दछौं कि कृपया लागू कानूनको सम्मान गर्नुहोस् ।

ऋषिलाई सन् २०१८ मा क्यान्सर भएको पत्ता लाग्यो र परिवारको उपस्थितिमा न्यूयोर्कमा उनको केमोथेरापी गरिएको थियो । ११ महिना, ११ दिन पछि २०१९ को सेप्टेम्बरमा, उहाँ घर फर्कनुभयो ।

परिवारमा पत्नी नीतू कपूर, छोरा रणबीर कपूर र छोरी रिद्धिमा कपूर साहनी छन् ।

jackson ribon