birat ribon

दक्षिण कोरियामा फेब्रुअरीपछि पहिलो पटक कोरोनाका शून्य घटना रेकर्ड

Neuro
दक्षिण कोरियामा फेब्रुअरीपछि पहिलो पटक कोरोनाका शून्य घटना रेकर्ड

एजेन्सी, १८ वैशाख । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले बुधबार देशमा कोरोना भाइरसको कुनै नयाँ घटना देखा नपरेको रिपोर्ट गरेका छन् ।

Padelux insider
cura insider

फेब्रुअरीमा कोरोना भाइरसको प्रकोप बढ्न थाले देखि देशमा पहिलो पटक शून्य नयाँ घटनाहरू रेकर्ड गरिएको बताइएको हो ।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले विगत २४ घण्टामा देखिएका ४ नयाँ संक्रमण विदेशबाट आएका यात्रीहरू रहेको बताएका छन् ।

तथ्यांकले दक्षिण कोरियाको कोरोना भाइरसविरुद्धको लडाईंमा नयाँ चिन्ह लगाएको छ ।

यस वर्षको सुरुमा, दक्षिण कोरियामा चीन बाहिर एसियाको सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको थियो, तर यो पछि अरू देशहरूले ओभरटेक गरिसकेका छन् ।

बिहीबारको पछिल्लो तथ्यांकले संक्रमितको संख्या १० हजार ७ सय ६५ रहेको बताएको छ भने मृतकहरूको संख्या एकले बढेर २ सय ७७ पुगेको छ ।

jackson ribon