birat ribon

राई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Neuro
राई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, १८ वैशाख । प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश विराटनगरमा कार्यरत प्रहरी जवान सुनिता राईलाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागिय मूल्यमान्यता, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी तालीम केन्द्रमा संचालीत प्रहरी जवान आधारभूत तथा उन्नत तालीममा बाह्य प्रशिक्षकको रूपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गरेकी उनलाई २०७६ साल चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

cura insider

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

jackson ribon