birat ribon

ओखलढुंगामा एम्बुलेन्स चालकले अनिवार्य पीपीई लगाउनुपर्ने

Neuro
ओखलढुंगामा एम्बुलेन्स चालकले अनिवार्य पीपीई लगाउनुपर्ने

ओखलढुंगा, १८ वैशाख । ओखलढुंगामा एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) अनिवार्य गरिएको छ ।

जिल्ला कमाण्ड पोष्टले जिल्लाभित्र सञ्चालन हुने सबै एम्बुलेन्सका चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पपीई) वितरण गर्दै अनिवार्य सुरक्षा सामाग्री प्रयोग गर्न निर्देशन दिएको हो ।

cura insider

जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार एम्बुलेन्स चालकहरूलाई व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामाग्री वितरण गर्दै जिल्ला प्रवेश गर्ने अन्य एम्बुलेन्स चालकलाई पनि पिपिई अनिवार्य लगाउन भनिएको हो ।

एम्बुलेन्स चालकहरुले बिरामी बोकेर हिँड्दा उनीहरूमा जोखिम हुने र चालकले सतर्कता नअपनाउँदा बिरामीमा समेत संक्रमणको डर हुने भएकाले पीपीई अनिवार्य गरिएको प्रमुख तिवारीको भनाइ छ ।

कमाण्ड पोष्टले प्रत्यक एम्बुलेन्स चालकहरुलाई एकरएक थान पिपिई १०–१० थान सर्जिकल मास्क, १०–१० थान ग्लोब्स् र दुईरदुई किलो ग्राम ब्लिजिङ पाउडर वितरण गरेको छ ।

jackson ribon