birat ribon

अमेरिकामा कोरोनाको औषधिको परीक्षणले आशा जगायो

Neuro
अमेरिकामा कोरोनाको औषधिको परीक्षणले आशा जगायो

वासिङ्टन, १८ वैशाख । अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् ।

Padelux insider
cura insider

विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोना भाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ ।

औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिटसहित विश्वको शेयर बजारमा देखिएको छ ।

अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ ।

अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयु पछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

यहीबीच कोरोनाभाइरस महामारी फैलिएपछि पहिलोपटक विश्व स्वास्थ्य संगठन (डब्लुएओ) को आपतकालीन समितिको बैठक पनि आज बस्दैछ ।

रेमडेसिभर नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ ।

हालसम्म यो औषधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ ।

अमेरिकी इपिडिमियोलोजिस्ट डा एन्थोनी फचीले संवाददाताहरूसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताए ।

यो औषधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो ।

यही औषधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन ।

विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्रतिक्रिया दिन अस्वीकार गरे ।

उनले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताए ।

पछिल्ला विवरणअनुसार विश्वभर कोरोना भाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

jackson ribon