birat ribon

निको भएर डिस्चार्ज भइसकेका बिरामीहरूको फोक्सोमा अझै कोरोना भाइरस हुने

Neuro
निको भएर डिस्चार्ज भइसकेका बिरामीहरूको फोक्सोमा अझै कोरोना भाइरस हुने

एजेन्सी, १८ वैशाख । अस्पतालबाट निको भएर डिस्चार्ज भइसकेका कोरोना भाइरस बिरामीहरूले अझै पनि उनीहरूको फोक्सोमा भाइरस हुने एक चिनियाँ अध्ययनले पत्ता लगाएको छ ।

Padelux insider
cura insider

मंगलबार पियर-रिभ्युज जर्नल सेल रिसर्चको एउटा पेपरमा प्रकाशित उक्त अनुसन्धानले बिरामीहरूको बढ्दो संख्याले किन पुन: सकारात्मक परीक्षण गरिरहेको छ भन्ने प्रश्नको उत्तर दिन सक्छ ।

हाम्रो कामले लगातार तीन पटक रिपोर्ट नेगेटिभ आएको बिरामीको परीक्षण गर्दा फोक्सोमा भाइरसको प्रमाणहरू फेला परेको दक्षिण पश्चिम चीनको चोंग्क्विन आर्मी मेडिकल युनिभर्सिटीका डा. बियान सिउउको नेतृत्वमा अनुसन्धानकर्ताहरूले बताएका छन् ।

साउथ चाइन मर्निङ पोस्टका अनुसार उनीहरूले भाइरस नियन्त्रण र रोग व्यवस्थापनका लागि क्लिनिकल मार्गनिर्देशनहरूको सुधार गर्नु आवश्यक रहेको पनि थपे ।

अध्ययन कोरोना भाइरसका कारण मृत्यु भएको ७८ वर्षीया महिलाको पोस्टमार्टम जाँचमा आधारित थियो ।

उनलाई २७ जनवरी चोंग्क्विन थ्री गर्जेस सेन्ट्रल अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि उनले कोरोना भाइरसका कारण हुने रोग कोभिड-१९ को लागि पनि सकारात्मक परीक्षण गरिन्, र पछि उनमा लक्षणहरूको विकास भयो ।

एन्टिभाइरल उपचार पाएपछि नाक र घाँटीको स्वाब परिक्षणको आधारमा तीन चरणको परीक्षणमा नकरात्मक नतिजा आएपछि १३ फेब्रअरीमा उनलाई डिस्चार्ज हुन तयार थिइन् ।

उनको अवस्थामा उल्लेखनीय सुधार भएको सिटिस्क्यानले पनि देखाएको थियो । तर, एक दिनपछि कार्डियक अरेस्टका कारण उनको निधन भयो ।

महिलाको पोष्टमार्टममा उनको कलेजो, मुटु, आन्द्रा, छाला वा बोन म्यारोमा कोरोना भाइरसको कुनै पनि ट्रेस भेटिएन ।

तर, अन्वेषकहरूलाई भाइरसको सम्पूर्ण स्ट्रेन फोक्सोको टिस्युहरूमा फेला पारेका थिए ।

लुकेका कोरोना भाइरसका स्ट्रेनले कुनै पनि लक्षण नदेखाउने बताइएको छ ।

अस्पतालबाट डिस्चार्ज हुनुभन्दा अघि लुकेका भाइरसको स्ट्रेनलाई हटाउन बिरामीको फोक्सोलाई फ्लश गर्ने सल्लाह दिएको छ ।

तर, यसले बिरामीहरूलाई थप समस्या दिने र सय प्रतिशत रिजल्ट नआउने हुँदा यस विधिको प्रयोग गर्न नसक्ने डाक्टरहरू बताउँछन् ।

jackson ribon