एजेन्सी, १८ वैशाख । स्पेनिस क्लब बार्सिलोना ब्राजिलियन स्टार फिलिप्पे कौटिन्होलाई सय मिलियन युरोभन्दा कम मूल्यमा नबेच्ने मनसाय बनाएको छ ।

स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोनाले कौटिन्होका लागि १०० मिलियन युरोको माग गरेको हो ।
लोनमा जर्मन क्लब बायर्न म्यूनिख गएका कौटिन्हो पछिल्लो समय इंग्लिस प्रिमियर लिग फर्किने चर्चामा छन् ।
सन् २०१८ मा मात्र लिभरपुलबाट बार्सिलोना आएका उनी चेल्सीसँग जोडिएका छन् ।
चेल्सीले पनि उनलाई भित्र्याउने इच्छा देखाएको जनाइएको छ । उनी सन् २०१९ मा लोनमा बुन्डेसलिगा क्लब बायर्न गएका थिए ।
बायर्नले उनलाई लिएर खासै मन नदेखाएपछि उनलाई बेच्ने योजना बार्सिलोनाले बनाएको हो ।