birat ribon

पर्वतमा कोरोनाको आशंकामा पाँच जना कोरोना अस्पतालमा भर्ना

Neuro
पर्वतमा कोरोनाको आशंकामा पाँच जना कोरोना अस्पतालमा भर्ना

पर्वत, १८ वैशाख । पर्वतमा कोरोना भाइरस संक्रमणकोे आशंकामा पाँच जनालाई कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको छ ।

Padelux insider
cura insider

भारतबाट र भारतीय सीमाना जोडिएका जिल्लाबाट आएका उनीहरूलाई अस्पतालमा भर्ना गरी स्वाव परीक्षण गर्न थालिएको हो ।

पैयँु गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीका अनुसार अस्पतालमा भर्ना गरिएका पाँच जना १४ वैशाखमा गाउँपालिका प्रवेश गरेका थिए । पाँचमध्ये चार पुरुष र एक महिला रहेका छन् ।

उनीहरू दुई जना भारत, दुई जना नवलपरासी र एक जना तनहुँबाट आएको उनले जानकारी दिए ।

जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.शिशिर देवकोटाका अनुसार उनीहरूमा कोरोनाको कुनै लक्षण छैन ।

आज स्वाब परीक्षणको रिपोर्ट आउने डा.देवकोटाले जानकारी दिए ।

jackson ribon