birat ribon

ऋषि कपूरसँग काम गर्ने दीपिकाको सपना अधुरै

Neuro
ऋषि कपूरसँग काम गर्ने दीपिकाको सपना अधुरै

एजेन्सी, १८ वैशाख । सन् २०१५को चर्चित हलिउड फिल्म ‘दि इन्टर्न’ को हिन्दी रिमेक बनाउने तयारी हुँदै थियो ।

Padelux insider
cura insider

सन् २०२१मा रिलिज गर्ने लक्ष्यका साथ अभिनेत्री दीपिका पादुकोणले आफ्नो ट्विटरको माध्यमबाट अभिनेता ऋषि कपूरसँग काम गर्न लागेको जानकारी गराएकी थिइन् । तर, अब ऋषि कपूरसँग काम गर्ने दीपिकाको यो सपना अधुरै रहेको छ ।

बिहीबार बिहान ९ बजे तिर ६७ वर्षको उमेरमा ऋषि कपूरको निधन भएको छ ।

बुधबार बिहान स्वास्थ्यमा समस्या भएपछि उनलाई सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा सास फेर्न समस्या आएपछि उनको निधन भएको हो ।

सन् २०१८ मा ऋषि कपूरलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

जसपछि उनी न्यूयोर्कमा एक वर्षभन्दा बढी उपचार गरेर स्वस्थ भइ २०१९ को सेप्टेम्बरमा भारत फर्किएका थिए ।

भारत फर्किएलगतै दीपिकाले ऋषिसँग अभिनय रहने ‘दि इन्टर्न’ को हिन्दी रिमेकको घोषणा गरेकी थिइन् ।

स्वास्थ्यमा समस्या आएपछि ऋषि कपूरले गतबर्षदेखि काम गर्न सकिरहेका थिएनन् ।

jackson ribon