birat ribon

दमकमा कोरोना संक्रमितको सम्पर्कमा आएका कसैलाई पनि संक्रमण नभएको पुष्टि

Neuro
दमकमा कोरोना संक्रमितको सम्पर्कमा आएका कसैलाई पनि संक्रमण नभएको पुष्टि

झापा, १८ वैशाख । झापाको दमकमा कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका कसैलाई पनि संक्रमण नभएको पुष्टि भएको छ ।

गत शुक्रबार झापा दमक–३ का एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टिभएपछि संक्रमित क्षेत्रलाई सिल गरि संक्रमितको सम्पर्कमा आएका ५४ जनामा गरिएको स्बाव परीक्षण गरिएको थियो ।

cura insider

तर, संक्रमितको सम्पर्कमा आएका कसैलाई पनि संक्रमण नभएको नगरपालिकाले जारी गरेको दैनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चार दिन अघि पिसिआरका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थ्रोट स्वावको परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाएको जनाइएको छ ।

पिसिआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद ३० जनाको गरिएको र गत १२ वैशाखमा ती वृद्धमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितलाई सोही दिन नै विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि पठाइएको छ ।

नगरपालिकाले संक्रमण देखिए लगत्तै संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी गत आइतबार पिसिआर परीक्षण गरेको थियो ।

दमकमा हालसम्म ८४ जनाको पिसिआर र एक सय ५७ आरटीडी परीक्षण गरिएकोमध्ये एक जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर खड्गलाल लिम्बूले बताए ।

jackson ribon