birat ribon

इरानमा कोरोनाबाट बच्न रक्सी पिउँदा सात सय बढीको मृत्यु

Neuro
इरानमा कोरोनाबाट बच्न रक्सी पिउँदा सात सय बढीको मृत्यु

एजेन्सी, १८ वैशाख । कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा संख्या सात सयभन्दा बढीको मृत्यु भएको छ ।

Padelux insider
cura insider

सरकारी अधिकारीले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण २० देखि अप्रिल ७ सम्ममा कुल ७ सय २८ जनाको मृत्यु भएको हो ।

इरानमा गत वर्ष विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो ।

अप्रिलमा सार्वजनिक गरिएको एक सरकारी रिपोर्ट अनुसार कोरोना भाइरस महामारीको कारण गत वर्षमा इरानमा विषाक्त रक्सीले मृत्यु हुनेको संख्या १० गुणा वृद्धि भएको देखिएको छ ।

इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा ५ हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाले विषाक्त रक्सीका कारण आँखा खराब भएको वा आँखाको दृस्टी गुमेको उनले जानकारी दिए ।

रक्सी सेवनका कारण कोविडबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौं व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सी (मेथानोल)सेवन गरेका थिए ।

विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरीरका अन्य अंगलाई पनि काम गर्न नसक्ने बनाउछ ।

उनीहरूमा छाती दुख्ने, वान्ता हुने, आँखा अन्धो हुने, कोमामा जानेलगायतका लक्षण देखिएको थियो ।

इरानमा अहिलेसम्म कोविडका कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय ६ पुगेको छ भने ९१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

jackson ribon