birat ribon

लत्तो छाडदै लकडाउन, स्वरुप परिवर्तन जरुरी

Neuro
लत्तो छाडदै लकडाउन,  स्वरुप परिवर्तन जरुरी

कोरोना भाइरस संक्रमण रोकथामकालागि भैरहेको लकडाउन पालना गर्न मानिशहरुले लत्तो छाडन थालेका छन ।

११ चैतेदेखी देश व्यापी भैरहेको लकडाउनको पालना गर्न मानिशहरुले लत्तो छाडन थालेका हुन । पहिले नबुझेर लकडाउन पालनामा लत्तो छाडेका मानिशहरुले दोस्रो हप्तादेखी लकडाउन प्रभावकारी रुपमा पालना गरिरहेका थिए ।

cura insider

तर लकडाउन भएको एक महिना वितेपछि चाँही मानिशहरुले पालनामा बेवास्ता गर्दै बाहिर निस्कन थालेका छन ।

पहिले मानिशहरु साँझ विहान सडकमा हिँडन र तकारी र खादयान्न किन्न मात्रै निस्कने गरेका थिए ।

तर अब एक नम्बर प्रदेशको राजधानी विराटनगरमा दिउँसो पनि पर्याप्त पसलहरु खुल्न थालेका छन । साना रोजगारी गर्नेहरु पनि आफनो व्यावसायमा लकडाउनको वेवास्ता गर्दै सक्रृय हुन थालेका छन ।


तरकारी बजार पनि अब सुरु हुन थालेको छ । बैकमा कारोबार गर्नेहरुको पनि निक्कै भीड लाग्ने गरेको छ । यद्यपी बैकहरुले पुर्ण सुरक्षा सर्तकता अपनाएर हप्ताको दुई दिन फरक फरक शाखाहरुबाट निश्चित समयमा सेवा दिदै आएका छन ।

लकडाउनमा पुर्ण रुपमा ठप्प भएको निर्माण व्यवसायको काम पनि सुरु हुन थालेको छ । प्रदेश सरकार आफैले पनि आफना ठूला आयोजनाहरुको काम सुचारु गराउन थालेको छ ।

लामो लकडाउनले दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउनेहरु मर्माहत भएकोले उनिहरुले लकडाउन पालनामा लत्तोछाडन थालेको बिज्ञहरु बताउँछन ।

अर्कोतिर साना व्यापार गरेर जीवन धान्नेहरुलाई पनि लामो लकडाउनले सकस थपेको छ । यसैले उनीहरु लकडाउनको वेवास्ता गर्दै पसलहरु खोल्न थालेका हुन ।

लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालन गर्न पाइन्छ । तर विना पासका सवारीहरु पनि वेवास्ता गर्दै सञ्चालन भैरहेका छन । बजारमा सिटी रिक्साहरु पनि कुदन थालेका छन । ठूला सपिंङ मलहरु सञ्चालन भैरहेकै छ ।

यद्यपी मोरङमा मात्र लकडाउन उल्लंघन गरेको आरोपमा ३७ दिनभित्र ३ हजार बिभिन्न सवारी साधनलाई नियन्त्रणमा लिइसकेको छ । लकडाउनमा बिना पास सवारी कुदाएको आरोपमा १७ सय जना मानिशहरु पनि कार्वाहीमा परिसकेका छन ।

लामो लकडाउनले गम्भिर रोगका बिरामीहरु प्रत्यक्ष मारमा पर्न थालेका छन । मृगौला रोगीहरुले त अस्पतालमा डायलासिस सेवा पनि पाउन छाडेका छन । ज्वरो आउने बिरामीहरु नीजि अस्पतालले भर्ना लिन अझै आनाकानी गरिरहेका छन ।


लामो लकडाउनले कृषी , उद्योग , बन्द व्यापार , शिक्षा , स्वास्थ्य , यातायात आदि बसै क्षेत्रमा प्रत्यक्ष असर पारेको छ । अर्कोतिर विश्मा मात्र नभएर छिमेकी देश भारतमा पनि प्राणघातक रोग ‘दिनदुना रात चौगुना’ ले संक्रमण भैरहेको छ ।

चौथो हप्तासम्म नदेखिएको कोरोना संक्रमण नेपालमा पनि तीब्र रुपले फैलिन थालेको छ । हालसम्म ५८ जना संक्रमित फेला परिसकेका छन ।

र , काठमाण्डौ , भारत र बिदेशमा बस्ने मानिशहरु लकडाउनलाई वेवास्ता गर्दै गाउँगाउँ छिरिसकेकोले संक्रमण अझै बढने निश्चित छ ।

किनकी पहिलो र दोस्रो चरणमा एक भएर संक्रमण रोकथाममा लागिपरको जनप्रतिनिधिहरु थाकिसकेका छन ।

अर्कोतिर सरकार आफैले लकाउन उल्लंघन गरेर हुरुरु विना समन्य मानिशहरु गाउँ गाउँ पठाएपछि स्थानिय तहलाई झन समस्यामाथि समस्या थपिएको छ ।

एकातिर लकडाउन घोषणा गर्ने अनि अर्कोतिर आफैले उल्लंघन गरेर गाउँमा जोखिम थपिदिने सरकारको रवैयादेखी जनप्रतिनिधिहरु आक्रोशित बनेका छन । अहिले सम्म केही बिग्रिएको छैन । तर समाज कतिखेर भडकिने हो भन्न सकिदैन ।

लकडाउनले आम नागरिकहरुको दिनचर्या घरमै लक गरेर राखेको छ । मानिशहरु उकुसमुकुस भएका छन । कोरोना भाइरस संक्रमण रोकथाम नभएकोले देशमा लकडाउन अझै थपिने पक्का छन ।

तर के मानिशहरुले यसैगरि लत्तो छाडदै गएभने लकडाउनले संक्रमण रोकथाम गर्न सहयोग पुरयाउला त ?

यसैले सरकारले देश व्यापी लकडाउन बढाएर आफुले लत्तो छाडनु भन्दा क्रमश कोरोना फ्रि जिल्ला वा पालिका घोषणा गरेर क्रमश लकडाउन खुकुलो बनाउदै लानु उचित हुन्छ ।

तर जहाँ जहाँ सरकारले लकडाउन लागू गराएको छ । त्यहाँ भने पूर्ण पालना गराउनकालागि सरकार कठोर हुनैपर्छ । त्यसकालागि सरकारले बिशेष प्याकेजहरु बनाउन आवश्यक छ ।

jackson ribon