birat ribon

लस एन्जलसमा सबै नागरिकलाई नि:शुल्क कोरोना परीक्षण गरिने

Neuro
लस एन्जलसमा सबै नागरिकलाई नि:शुल्क कोरोना परीक्षण गरिने

अमेरिका, १८ वैशाख । संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरका सबै नागरिकलाई निःशुल्क रूपमा कोरोना भाइरस परीक्षण गरिने भएको छ ।

Padelux insider
cura insider

यसरी सहरका सबै नागरिकलाई निःशुल्क रूपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो सहर भएको बताइएको छ ।

उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिएका हुन् ।

उनले लस एन्जलस नै यसरी कोविड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताए ।

उनले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिए ।

उनले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । रासस

jackson ribon