birat ribon

कोरोनाको औषधिको विषयमा डब्ल्यूएचओको आकस्मिक बैठक बस्दै

Neuro
कोरोनाको औषधिको विषयमा डब्ल्यूएचओको आकस्मिक बैठक बस्दै

एजेन्सी, १८ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाका भाइरसको विषयमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ ।

Padelux insider
cura insider

उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिए । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोभिड-१९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताए ।

आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रूपमा लिनुपर्ने भनी व्याख्या गरेको र आज बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ ।

महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिएका हुन् । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ ।

यसबीचमा कोभिडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरूले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन ।

११ मार्चमा विश्व स्वास्थ्य संगठनले कोभिडलाई एक विश्वव्यापी महामारीका रूपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरूले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए ।

यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाखभन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ ।

jackson ribon