birat ribon

चीनमा ४ नयाँ कोरोना संक्रमित फेला, सबै बाहिरबाट आएका थिए

Neuro
चीनमा ४ नयाँ कोरोना संक्रमित फेला, सबै बाहिरबाट आएका थिए

एजेन्सी, १८ वैशाख । चीनमा बुधबारका दिन जम्मा ४ नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

Padelux insider
cura insider

सिन्ह्वाका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार उक्त खबरलाई पुस्ट गरेका हुन् ।

चीनमा देखिएका ४ संक्रमित सबै बाहिरबाट आएका बताइएको छ ।

शंघाईमा तीन संकास्पद घटनाहरू रिपोर्ट गरिएको थियो, ती सबै पनि बाहिरबाटै आएका केसहरू रहेको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रिपोर्टमा उल्लेख गरिएको छ ।

आयोगका अनुसार चीनमा बुधवार कुनै मृत्युको रिपोर्ट गरिएको छैन ।

३२ जना बिरामीलाई बुधबार उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ साथै,  गम्भीर घटनाहरूको संख्या ४१ बाट एकैपटक ९ मा झरेको छ ।

बुधबारसम्म, चीनमा समग्र पुष्टि भएका केसहरू ८२ हजार ८ सय ६२ पुगेको थियो जसमा ६ सय १९ बिरामीहरूको उपचार भइरहेको छ र ७७ हजार ६ सय १० जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ ।

जम्माजम्मी चीनमा ४ हजार ६ सय ३३ मानिस यस रोगबाट मरेका छन् ।

बुधवारसम्म, चीनमा कुल १ हजार ६ सय ६४ इम्पोरटेड  घटनाहरू रिपोर्ट गरिएको थियो ।

तीमध्ये १ हजार १ सय ३९ लाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र ५ सय २५ जनाको उपचार भइरहेको छ ।

आयातित केसहरूबाट कुनै मृत्युको रिपोर्ट गरिएको छैन ।

jackson ribon