Rumpum Advertisement

घर भाडा छुट गराउन होस्टल व्यवसायीको गुहार

Neuro Revised Adv
Koshi Dashain ad
घर भाडा छुट गराउन होस्टल व्यवसायीको गुहार

काठमाडौँ , १८ बैसाख । लकडाउनको मारमा परेको भन्दै होस्टल व्यवसायीहरूले सरकारसँग राहत माग गरेका छन् ।

राष्ट्र बैङ्कले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचिमा समावेश नगरेपछि होस्टल व्यवसायीहरुले राहतकालागि सरकार गुहारेका हुन ।

उनीहरुले नेपाल होस्टल एसोसिएनको तर्फबाट संघिय सरकारका अर्थमन्त्री डा युवराज खतिवडालाई १८ बैसाखमा घरभाडामा राहत दिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन ।

अध्यक्ष भक्ति प्रसाद पाठकले लकडाउनले अत्यतै मार परेकोले घर भाडा छुट गराउनु पर्ने होस्टल एसोसिएसनको माग छ ।

एसोसिएसनका अनुसार देशभर १२ सय भन्दा बढी होस्टल छन् । सवा अर्व भन्दा बढी लगानी भएको छ ।

६० हजार भन्दा बढी सेवाग्राहीलाई सुलभ आवास र खानपानको व्यवस्था पुगेको छ । १० हजारले रोजगारको अवसर पाएका छन ।