birat ribon

भद्रगोलका ‘बेलासे’लाई कोरोना संक्रमण

Neuro
भद्रगोलका ‘बेलासे’लाई कोरोना संक्रमण

विराटनगर, १८ वैशाख । चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका बेलासे नामबाट चिनिने कलाकार सुवास कार्की कोरोनाबाट संक्रमित भएका छन् ।

Padelux insider
cura insider

२ वर्ष अघिदेखि लण्डनमा बस्दै आएका भद्रगोलका बेलासेलाई लण्डनमा कोरोना भाइरसको संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका छन् ।

उनले कोरोनाको लण्डनमै राम्रो उपचार हुन सक्ने भएकाले आफू लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बसेको बताए ।

पत्नीको हस्पिटलको जागिर, छोराको नजिकिँदो एसएलसी, छोरी सानी भएको र घर भर्खर किनेको कारण आफूहरू लण्डनमै बसेको उनी बताउँछन् ।

उनले आफ्नो र पत्नीको अत्यावशकीय सेवा भएकाले काममा जानु पर्ने र गइरहको बताए ।

सुवासका अनुसार सेवामा जाँदा र सानी छोरीका लागि दूधलगायतका खाद्य पदार्थ खरिद गर्न जाँदा सँधै भीडभाडको सामना गर्नु पर्थ्यो ।

कामबाट घर फर्किएको एकदिन ज्वरो १०२.६ देखिएपछि सुवासले छुट्टै कोठामा सुत्न थाले, छुट्टै शौचालय प्रयोग गर्न थाले ।

अस्पताल पुगेर दिनभर बसी पूरै शरीर परिक्षण गर्दा पनि सिरीयस कन्डिसनमा आएको र यहाँ भर्ना भएकाको मात्र कोरोना टेष्ट हुन्छ भन्दै चिकित्सकले उनको कोरोना जाँच भने गरेनन् ।

‘धेरै गाह्रो हुँदै गएपछि हस्पिटलमा फोन गरेर कोरोना परीक्षण गराएँ, रिपोर्ट आउन ४८ घण्टा लाग्ने रहेछ, रिपोर्टबाट कोरोना संक्रमण भएको पुष्टी भयो’, उनले भने ।

सुवास आफ्नो सबै अंगले काम गर्न छोडी सक्यो जस्तो लाग्न थालेको रअब बाँच्दिन भनेर मनमा धेरै कुरा खेल्न थालेको सुनाउँछन् । बेडबाट उठ्नै नसक्ने भएँपनि आफू बिरामी भएको खबर नेपालमा कसैलाई नभनेको उनी बताउँछन् ।

लण्डनका थाहा पाउने साथीभाईले सान्त्वना दिईरहेका छन् । विकसित देशमा त केही हुँदैन भन्ने सोच भएपनि हस्पिटलको सेकेण्ड रिपोर्टमा पनि कोरोना पोजेटिभ आएको छ ।

उनीसहित उनकी पत्नी र छोरीले खोक्न थालेको उनी बताउँछन् । ‘एउटै घरभित्र भए पनि एक अर्कासँग कुरा गर्न भिडियो कल गरी कुरा गर्छौं । सबै सँगै भए पनि टाढा भएजस्तो महशुस हुन थालेको छ’, उनी भन्छन् ।

jackson ribon