birat ribon

मर्नुभन्दा अगाडि टोटनह्यामबाट उपाधि जित्न चाहन्छु : पोचेटिनो

Neuro
मर्नुभन्दा अगाडि टोटनह्यामबाट उपाधि जित्न चाहन्छु : पोचेटिनो

एजेन्सी, १८ वैशाख । इंग्लिस क्लब टोटनह्याम हटस्परका पूर्वप्रशिक्षक मौरिसियो पोचेटिनोले मर्नुभन्दा अगाडि उपाधि जित्ने आफ्नो चाहना रहेको सुनाएका छन् ।

Padelux insider
cura insider

‘बीटी स्पोर्ट्स’सँगको कुराकानीमा पोचेटिनोले मर्नुभन्दा अगाडि पूर्वक्लब टोटनह्यामबाट उपाधि जित्न चाहेको बताएका हुन् ।

अर्जेन्टिनी पूर्वखेलाडीसमेत रहेका पोचेटिनोले सन् २०१४ देखि २०१९ सम्म टोटनह्यामको नेतृत्त्व गरेका थिए । उनी अघिल्लो सिजनको च्याम्पियन्स लिगको उपाधि नजिक पुगेका थिए ।

फाइनलसम्म पुगेको टोटनह्याम प्रिमियर लिग प्रतिद्वन्द्वी क्लब लिभरपुलसँग पराजित भएसँगै पोचेटिनो उपाधिबाट बिमुख भएका थिए ।

२०१९ को नोभेम्बरमा मात्र पोचेटिनोलाई बर्खास्त गर्दै टोटनह्यामले जोसे मौरिन्होलाई प्रशिक्षकको रूपमा क्लबमा ल्याएको थियो ।

तर, पोचटिनोले भने फेरि पनि क्लबको नेतृत्त्व सम्हाल्दै उपाधि जित्ने आफ्नो सपना रहेको सुनाउँछन् ।

‘मेरो पाँच वर्षे टोटनह्या यात्रा निकै रमाइलो रह्यो । मैले बर्खास्तीमा पर्नुप¥यो । कसैले पनि मेरो यात्रा त्यसरी सकिएको हेनए चाहँदैन थियो । मलाई आशा छ फेरि पनि म त्यहाँ फर्किनेछु र त्यहीँबाटै उपाधि जित्नेछु,’ उनले भने ।

‘जब मैले टोटनह्याम छोड्नु परेको थियो, सोही समउदेखि त्यहाँ प्रशिक्षकको भूमिकामा नै फर्किने मेरो सपना छ’, उनले भने, ‘मर्नुभन्दा अगाडि मैले त्यहँबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जस्ता उपाधि जित्ने मेरो चाहना छ ।’

jackson ribon