birat ribon

सन्यासीको झगडा

Neuro
सन्यासीको झगडा

बहुमत प्राप्त सत्ताधारी दल नेकपाले महाविपत्तिको बेलामा पनि सत्ता स्वार्थको खोसाखोसा गरिरहेका अवस्था छ । यसलाई अग्रज पत्रकार तीर्थ कोइराला फेसबुकमा आफुले फेला पारेको नीति कथा यसरी पस्केका छन ।

Padelux insider
cura insider

तिर्थाटन गर्ने क्रममा दुईजना साधुहरूको भेट भएछ।बाटोमा कुरा गर्दै जादा दुबै जना अघोर पन्थका साधक भएको कुरा एक अर्कालाई थाहा भयो। दुवैले एउटै स्थानमा बसेर साधना गर्ने र सिध्दि प्राप्त गर्ने भनेर समझदारी गरे।संगसंगै रहने बस्ने र जपतप साधना गर्न थाले। केही समयको कठिन साधना पछि उनीहरूलाई सिध्दि प्राप्त नहोला कि झैं लाग्न थाल्यो। त्यागमा भन्दा प्राप्तिमा मन जान थाल्यो। उनीहरूलाई गृहस्थी जीवनले लोभ्याउन थाल्यो। एक दिन कुरै कुरामा एकजना साधुसन्यासीले भन्यो “मलाई त यो सन्यासी जीवनदेखि दिक्क लागिसक्यो। म त अब गृहस्थ जीवनमा फर्किन्छु।” दोस्रो सन्यासीले भन्यो “गृहस्थी जीवनमा फर्केर तिमी के गर्छौ नि? त्यहाँ त केही न केही उध्यम गर्नु पर्छ।” पहिलो सन्यासीले भन्यो “म भैसीगोठ पाल्छु।” दोस्रो सन्यासीलाई पनि सन्यासी जीवनदेखि वितृष्णा जागिसकेको थियो। उसले पनि आफ्नो मनको कुरा साथीलाई कह्यो “तिमीले साधना छोड्छौ भने त म पनि छोडी दिन्छु र गृहस्थाश्रममा फर्किन्छु। बरू त्यही मजाले खान पाइन्छ।” पहिलो सन्यासीले दोस्रो सन्यासीलाई सोध्यो- “गृहस्थी जीवनमा छिरे पछि तिमी चाहिं के गर्छौ नि?” दोस्रो सन्यासीले एक दम गाॅजा तानेर चिलिम पहिलोलाई दिदै भन्यो “म त ऊखु खेती गर्ने हो।” पहिलो सन्यासीले पनि स्वाट्ठ गाजा तानेर कुहिरीमण्डल धुवाॅ फाल्दै भन्यो “तिमीले ऊखू खेती गर्यौ भने म मेरा भैसीलाई तिम्रै ऊखूबारीमा चराउछु।” दोस्रो सन्यासीलाई यो कुरा मन परेन। उसलाई यतीखेरसम्ममा गाॅजाको नसा पनि चढीसकेको थियो। उसलाई झनक्क रिस उठ्यो ।उसले आफ्नो चिम्टा उठाएर पहिलो सन्यासी माथि प्रहार गर्दै भन्यो-“साला वदमास, मैले कत्रो दुखले लगाएको उखुबारीमा तेरा भैसी चराउने! मैले खुदो बनाउनु पर्दैन?” पहिलो सन्यासीले पनि चिम्टाको चोट सहेर बसेन। दोस्रो साधु माथि चिम्टा नै बजार्यो। दुवैले चिम्टा त्रिशूल र डमरू एक आपसमा प्रहार गरे। थाली घण्टि कमण्डलु जे भेटिन्छ त्यसैले हानाहान गरे । एकै छिन अघिका त्यस्ता मिलनसार मित्रहरू दुष्मन भए। टाउको फोराफोर गरे। दुवैजना रक्ताम्य भए।दुवैजना घाइते भए। समझदारी बिग्रिए पछि सम्बन्ध टुट्न कतीबेर लाग्दो रहेछ र ! झगडा भएको थाहा पाएर एकछिन पछि त्यहाॅ गाउँलेहरू आईपुगे। दुवै सन्यासी बीच झगडा पर्नुको कारण सोधे। दोस्रो साधुले भन्यो”यल्ले मेरो ऊखूबारीमा उसका भैसी चराउछु भन्यो अनि त्यही निहुँमा झगडा भएको हो ।” गाउलेहरूले सोधे “तपाईहरूका कति भैसी छन् ? ऊखू खेती पनि त छैन नि । छ र ?”उनीहरूले भने” हो साँचि हाम्रा भैंसी र पनि छैनन् उखु खेती पनि कहाँ छ र ! धत्तेरिका ।”

jackson ribon