birat ribon

कोरोना भाइरसका ३० प्रतिशत बिरामीहरूले संक्रमणको विरुद्धमा कुनै एन्टिबडीहरू विकास गर्न सक्दैनन्

Neuro
कोरोना भाइरसका ३० प्रतिशत बिरामीहरूले संक्रमणको विरुद्धमा कुनै एन्टिबडीहरू विकास गर्न सक्दैनन्

एजेन्सी, १८ वैशाख । कोरोना भाइरसबाट संक्रमित बिरामीहरूमध्ये ३० प्रतिशतले शरीरमा रोगसँग लड्नका लागि र पुन: संक्रमण हुन नदिनका लागि पर्याप्त एन्टीबडीहरूको विकास गर्न सक्दैनन् ।

Padelux insider
cura insider

चीनको फुदान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले परीक्षण गरेका बिरामीहरूमध्ये एक तिहाइमा कोरोना भाइरस एन्टिबडीहरूको कम स्तर रहेको हुँदा, उनीहरूलाई पुन: संक्रमणबाट बचाउन यसले खासै काम नगर्ने पत्ता लगाएका हुन् ।

शरीरको प्रतिरक्षा सबैको शरीरमा हुन्छ तर, कसै मा थोरै हुन्छ भने कसैमा धेरै । जब हामी केही भाइरस वा ब्याक्टेरियाको सामना गर्छौं, हाम्रो शरीरले धेरै शक्तिशाली एन्टिबडीहरू उत्पादन गर्दछ तर केवल कम एन्टिबडीहरूको उत्पादन भए यिनिहरू तुरुन्तै खेर जान्छ ।

सामान्य भाषामा कसैको रगत प्लाज्मामा एन्टिबडीहरूको मात्रा जति बढी हुन्छ, कोरोना भाइरसले भविष्यमा पुनः संक्रमण प्रति तिनीहरूको प्रतीरक्षा प्रतिक्रिया र सुरक्षा त्यति नै बलियो हुन्छ ।

फुदान विश्वविद्यालयका अन्वेषकहरूले संक्रमित भइसकेर निको भएका १ सय ७५ चिनियाँमा रगत प्लाज्मा एन्टिबडीहरू परीक्षण गरेका थिए ।

यस अध्ययनमा समावेश बिरामीहरूको उमेर १५ देखि ८५ सम्म रहेको थियो, र बिभिन्न उमेरका मानिसहरूमा एन्टिबडीको स्तर फरक हुन्छ ।

जवान बिरामीहरूको तुलनामा वृद्ध र मध्यम-उमेर बिरामीहरूसँग प्लाज्मा (एन्टिबडी) धेरै हुने अध्ययनले निष्कर्ष निकालेको छ ।

बिरामीहरूले संक्रमित भएको १० देखि १५ दिन भित्र एन्टिबडीहरू विकास गरे र दुई हप्तामा उनीहरूको शरीरले रोगसँग लडिरहेको संकेत गर्दै केही प्रतिरोधात्मक क्षमता विकास गरेको देखाएको छ । तर, चिन्ताजनक कुरा के छ भने, उनीहरूले परीक्षण गरेका बिरामीहरू मध्ये ३० प्रतिशतमा एन्टिबडीहरू एकदम कम स्तरमा थिए । साथै, करीव ४० प्रतिशतमाएन्टिबडीको मध्यम-उच्च स्तर, र १४ प्रतिशतमा उच्च स्तर रहेको थियो ।

jackson ribon