birat ribon

इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण गरिँदै

Neuro
इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण गरिँदै

इटहरी, १८ वैशाख । इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ । वडा वडामा राहत पाउने ब्यक्तिहरूको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको हो ।

दिनभरि काम गरेर बिहान-बेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गका राहत वितरण गरिँदै छ । संघीय सरकारले तयार गरेको मापदण्डवमोजिमका व्यक्तिहरूलाई राहत वितरण थालिएको हो ।

cura insider

परिवारमा दुईभन्दा बढी संख्या हुनेलाई २० केजी चामल, दुई केजी दाल, डेढलिटर तेल, एक केजी नुन र दुई वटा साबुन दिइने छ । दुईजनासम्म भएकालाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, एक केजी नुन र एक थान साबुन वितरण गरिँदै छ ।

केही वडाहरूले मापदण्डमा परेका व्यक्तिहरूलाई कुपन वितरण गरेर त्यहीँ कुपनका आधारमा राहत वितरण गर्दैछन् । वडामा रातोदिन खटेर प्याकेजिङको काम गरिएको बताइएको छ ।

यसअघि पहिलो चरणमा इटहरीमा २१ हजार घरधुरीलाई राहत वितरण गरिएको छ । वन्दवन्दीको समयमा विपन्न वर्गका जनताले भोकभोकै वस्नु नपरोस् भनेर उपमहानगरले राहत वितरण गरेको हो । व्यवस्थित कार्ययोजनका साथ दूरी कायम गरेर राहत वितरण गरिँदै छ ।

jackson ribon