birat ribon

रोनाल्डो, मेस्सी र नेयमार एम्बाप्पेको ‘आइडल’

Neuro
रोनाल्डो, मेस्सी र नेयमार एम्बाप्पेको ‘आइडल’

एजेन्सी, १८ वैशाख । फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेयमार आफ्नो आइडल खेलाडी भएको बताएका छन् ।

Padelux insider
cura insider

‘बिइन स्पोर्ट्स’सँगको कुराकानीका क्रममा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड एमबाप्पेले यस्तो बताएका हुन् ।

विश्वकप विजेता एम्बाप्पे ब्राजिलियन स्टार नेयमारसँग पीएसजीमा एकसाथ खेल्छन् ।

सन् २०१८ मा मोनकाबाट लोनमा पीएसजी आएका २१ वर्षे फरवार्ड एमबाप्पेलाई विश्व फुटबलमा मेस्सी र रोनाल्डोपछिका स्टार खेलाडीको रूपमा हेरिएको छ ।

यस्तैमा एम्बाप्पेले सहकर्मी नेयमारका साथै रोनाल्डो र मेस्सी आफ्ना आइडल भएको बताए ।

उनले भने, ‘मसँग धेरै आइडल छन् । त्यहाँ रोनाल्डो छन्, जो मलाई धेरै मन पर्थ्यो । यस अवधिमा हामीसँग रोनाल्डो र मेस्सी छन् । मैले नेयमारसँग खेल्ने मौका पाएको छु । जो म युवा हुँदा खुब मन पर्थ्यो ।’

jackson ribon