धमाधम बजेट समर्पण गराउदै प्रदेश १ सरकारका निकाय र मन्त्रालयहरु

विराटनगर , १८ बैसाख । प्रदेश १ सरकार मातहतका मन्त्रालय र निकायहरुले लकडाउनले गर्दा चालु बर्ष खर्च गर्न नसक्ने बजेट धमाधम सर्मपण गराउन थालेका छन ।

प्रदेश सरकारले खर्च हुन नसक्ने र अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर विवरण बुझाउन निर्देशन गरेपछि मातहतका मन्त्राय र निकायहरुले धमाधम बजेट प्रदेश सरकारलाई समर्पण गराउन थालेका हुन ।

प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार १७ बैसाखसम्म आफु मातहत कार्यालय नभएका निकाय र केही मन्त्रालयहरुले १ अर्ब बढी रकम सरकारलाई समपर्ण गराइसकेका छन ।

यसरी बजेट कटौती गरेर समर्पण गराउन निकायहरुमा प्रदेश सभा , प्रदेश योजना आयोग , प्रदेश लोकसेवा र मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय छन ।

अझै भौतिक पुर्वाधार बिकास , कृषी भूमि तथा सहकारी , उद्योग , बन , वतावरण र पर्यटन , र समाजिक बिकास मन्त्रालयले बजेट समर्पण गरिसकेका छैनन ।

आर्थिक मामिला मन्त्रालयका अनुसार मातहत कार्यालयहरु भएको र बजेट कार्यक्रमहरु पनि धेरै भएकोले विश्लेषण र संकलनमा समय लागेकोले रकम सर्मण हुन ढिलाई भैरहेको हो ।

प्रदेश सरकारले मातहतका मन्त्रालय र निकायहरुलाई १५ बैसाखसम्म खर्च हुन नसक्ने बजेट समर्पण गराउन परिपत्र गरेको थियो ।

कार्यक्रमहरु कटौती गरेर समर्पण भएको रकम प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम , नियन्त्रण तथा उपचारमा खर्च गर्ने योजना बनाएको छ ।

Loading...